प्रकाश थाम्सुहाङलाई दिब्य बिक्रम नेम्बाङ स्मृति पुरस्कार प्रदान गरिने । - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रकाश थाम्सुहाङलाई दिब्य बिक्रम नेम्बाङ स्मृति पुरस्कार प्रदान गरिने ।

इलाम/दिब्य विक्रम नेम्बाङको स्मृति दिवसको दिन (भदौ १७ गते) स्मृति पुरस्कार यसबर्ष प्रकाश थाम्सुहाङलाई प्रदान गरिने भएको छ ।

उक्त पुरस्कारको राशि तीसहजार रहेको र अर्काे बर्ष देखि बढाउदै लाने नेम्बाङको छोरा नन्दहाङ नेम्बाङले बताए । नेम्बाङको जन्म बिक्रम सम्बत् १९९७ सालमा साबिक पौवा सार्ताप वडा नं १ स्थित पौवा गाउँ हालको फाल्गुनन्द गा.पा. वडा नं ३ मा भएको थियो ।

उनले गाउँको मनरत्न मिडिल स्कुलबाट औपचारिक अध्ययन शुरु गरी दार्जिलिङबाट म्याट्रिक पास गरेका थिए । तत्कालिन राजा महेन्द्रले बहुदलीय ब्यवस्था ल्याएपछि २०१७ सालको क्रान्तिमा संलग्न उनी एक क्रान्तिकारी योद्धा थिए ।

कंग्रेसपार्टीमा सम्बद्ध भएका कारण देश निकाला सम्म भएका नेम्बाङ प्रवास, भुमिगत जीवन बिताए । नेम्बाङ श्री सार्ताप मा. बि. सार्तापको हेडमास्टर भइ लामो समय सम्म शिक्षण पेशामा संलग्न थिए ।
अध्ययनमा ठुलो रुचि भएका नेम्बाङको तत्कालीन दार्जिलिङबाट प्रकाशित हुने दिपक लगायत विभिन्न पत्र पत्रिकामा कथा, निबन्धहरु प्रकाशित छन । नेम्बाङका धर्मपत्नी, दुई छोरा, तीन छोरी र नातानातिनाहरु छन् ।
पुरस्कृत थाम्सुहाङको हुन

प्रकाश थाम्सुहाङको जन्म वि. सं. २०३७ साउन २३ मा याङनाम पान्थरमा बुबा गणेशबहादुर थाम्सुहाङ र आमा नेम्बाङ किरात नुमा थाम्सुहाङको कोखबाट भएको थियो । साहित्यमा सालिन, कवि, अब्बल सर्जक, अध्ययनशील, समालोचक मानिने थाम्सुहाड इलाममा रहेर साहित्य सिर्जनामा सक्रिय छन् ।

लेखक संघका केन्द्रीय सदस्य र याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष समेत रहेका थाम्सुहाङले यो पुरस्कार पाउँदा आफुलाई गर्व लागेको र मेरो साहित्यिक योगदानको सानो अंशमा भएपनि मुल्यांकन भएको बताए ।

सम्बन्धित खवर