जगदम्बा श्री बैरागी काइँला र मदन पुरस्कार याेग राजलाइ - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जगदम्बा श्री बैरागी काइँला र मदन पुरस्कार याेग राजलाइ

काठमाडौँ /यस बर्षको जगदम्बा श्री पुरस्कारका लागि कवि बैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई छनोट गरिएको छ । तेस्रो आयाम साहित्यिक अभियानका संस्थापकमध्येका एक काइँलालाई उक्त पुरस्कार दिने र गुठीले मदन पुरस्कारका लागि ऐतिहासिक उपन्यास ‘रणहार’ का लागि कृतिका लेखक योगेश राजलाइ पुरस्कार दिने निर्णय गुठीको आइतबार बसेको साधारणसभाले गरेको हो ।

गुठीमा प्राप्त २०७५ मा प्रकाशित दुई सय ५७ पुस्तकमध्ये ‘रणहार’ उत्कृष्ट दरिएको हो । यसका लागि अन्तिम छनोटमा सात पुस्तकहरु सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, ध्रुब सापकोटाको ‘विचारको लाश’ र योगेश राजको ‘रणहार’ परेका थिए ।
कवि काइँलालाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत कदर स्वरुप २०७५ को जगदम्बा–श्री दिइएको गुठीले जनाएको छ ।

स्थापना कालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत उत्पादक’ पुस्तकलाई पुरस्कृत गरिएको थियो । जगदम्बा–श्री भने रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालबाट दिन थालिएको हो ।

२०१२ सालमा स्थापना भएको मदन पुरस्कार नेपाल तथा नेपाल बहिरबाट नेपाली भाषामा प्रकाशित तथा गुठीको विधान मुताविक गुठी संस्थानमा प्राप्त पुस्तकहरुमध्येबाट एक पुस्तकलाई प्रदान गरिन्छ । भने जगदम्बा श्री पुरस्कार विभिन्न माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान गर्ने ब्यक्ति र संस्थालाई प्रदान गरिने मदन पुरस्कार गठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी गराए । दुवै पुरस्कार चार–चार लाख रुपैयाँका रहेको उक्त राशी असोज १२ मा प्रदान गरिनेछ ।

सम्बन्धित खवर