आन्छुमे नसानद्वारा निर्देशित लिम्बू म्युजिक भिडियो ‘लाभुम्बाबा’ सार्बजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आन्छुमे नसानद्वारा निर्देशित लिम्बू म्युजिक भिडियो ‘लाभुम्बाबा’ सार्बजनिक

दमक  आन्छुमे नसानद्वारा निर्देशित लिम्बू भाषाको म्युजिक भिडियो ‘लाभुम्बाबा’ (पुर्णिमाको) बोलको म्यूजिक भिडियो हाईलाईट्स नेपाल युट्युव मार्फत सार्बजनिक भएको छ ।

पहाडकी रानी दार्जिलिङको विभिन्न ठाँउहरुमा छायांकन गरिएको उक्त गीत गायक कुसल थलङ लिम्बुको आवाजमा सजिएको र गितलाई संगितकार नरेश लिङ्देनले संगीत भरेका छन् । गीतकार आन्छुमे नसानको शब्द रहेको उक्त गीतमा अनिस लाओती, बिपना नेम्बाङ र सुनिता सावदेनले अभिनय गरेका छन् । श्याम लिम्बुको एरेन्ज रहेको गीत श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।गीतकारको रुपमा छबि बनाएका आन्छुमे नसानले निर्देशन गरेको गीतको छायांकन र सम्पादन इसाक जबेगुको रहेको छ । सोम मगरातीको सृङ्गार रहेको छ भने सहायक निर्देशन प्रबिन सेलिङ ‘सेन्दो’ले गरेकन हुन् ।

 

सम्बन्धित खवर