आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग


पोखरा/ गण्डकी प्रदेशका सांसद मनकुमारी गुरुङले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
प्रदेशसभा बैठकमा सांसद मनकुमारी गुरुङले प्रदेश सरकारले तत्काल कानुन निर्माण गरी मुस्लिम समुदायको ‘कबरस्थान’, आदिवासी जनजातिको ‘चिहान डाँडा’ र क्रिश्चियन समुदायको ‘समाधिस्थल’ भनेर चिनिने अन्त्येष्टि स्थलहरुलाई आधिकारिता प्रदान गरी लालपूर्जा दिन समेत माग गरिन् ।

सांसद गुरुङले गण्डकी प्रदेशमा छरिएर रहेका यी समुदायको अन्तिम संस्कार गर्ने ठाउँहरुको अहिलेसम्म राज्यले कानुन बनाएर त्यसलाई व्यवस्थित गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् ।
अन्तिम संस्कार गर्न पाउने संवैधानिक अधिकार भएको र यसलाई प्रदेश सरकारले आधिकारिक रुपमा सुनिश्चित गर्नुपर्ने उनको माग छ ।

सम्बन्धित खवर