किरातीको ‘मुन्दुमः सृष्टिकथा’, ‘मुन्दुमः होसुङ (संस्कार)’ ‘मुन्धुम खाहुन’ (शिक्षा) अब त्रिभुवन विश्वविद्यालय पढाइ हुने - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरातीको ‘मुन्दुमः सृष्टिकथा’, ‘मुन्दुमः होसुङ (संस्कार)’ ‘मुन्धुम खाहुन’ (शिक्षा) अब त्रिभुवन विश्वविद्यालय पढाइ हुने


काठमाडौं/ ‘मुन्दुमः सृष्टिकथा’, ‘मुन्दुमः होसुङ (संस्कार)’ ‘मुन्धुम खाहुन’ अब त्रिभुवन विश्वविद्यालयको स्नाकोत्तर तह दर्शनशास्त्र विषयअन्तर्गत पठनपाठन हुने भएको छ ।

किरात राई चाम्लिङ खाम्बातिमले प्रकाशन गरेको किरातीहरुको संस्कार संस्कृतिको दस्तावेज गर्ने उद्देश्यका साथ जयकुमार राई संयोजक रहेको मुन्दुम संकलन समितिको पहलमा मुन्दुम प्रकाशित भएको हो ।

मुन्दुम सृष्टिकथा र मुन्दुम होसुङका सम्पादक भोगीराज चाम्लिङले आफूले सम्पादन गरेका दुवै स्नाकोत्तर तहमा पठनपाठन हुने जानकारी पाउँदा खुसी लागेको बताए ।

अलिखित रुपमा रहेको किरातीको दर्शनशास्त्र मुन्दुमलाई पहिलोपटक दस्तावेजीकरण गर्ने पुस्तकको रुपमा प्रकाशन गरिएको हो । साथै इमानसिंह चेम्जोङद्वारा सम्पादित ‘मुन्धुम खाहुन ’ पनि स्नाकोत्तर तहको दर्शनशास्त्रमा पढाइने भएको छ ।

सम्बन्धित खवर