म्याङलुङमा तालाबन्दी - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

म्याङलुङमा तालाबन्दी


दमक / म्याङलुङ क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको तलब वृद्धिका लागि पटक पटक माग गरिएको तर सुनुवाईमा बेवास्ता गरेको भन्दै प्रमुख ददीराम न्यौपानेलाई कार्यकक्षमै थुनेर तालाबन्दी गरिएको हो ।

तलब न्यून भएको भन्दै सेवा सुविधा वृद्धिका लागि क्याम्पस सञ्चालक समिति तथा क्याम्पस प्रमुखसँग पटक पटक माग गरेपनि सुनुवाइ नभएकाले तालावन्दी गर्नुपरेको वन्द संयोजन समितिका सदस्य प्रकाश ढुङ्गानाले बताए ।

दुई घण्टापछि वन्द मात्र प्रमुख न्यौपानेलाई बाहिर निस्कन दिएका थिए । अनिश्चितकालका लागि तालाबन्द गरिएको ढुङ्गानाले बताए ।

करीब तीन हजार विद्यार्थी अध्ययनरत सो क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा पठनपाठन हुँदै आएको छ ।

विसं २०३६ मा स्थापना भएको उक्त क्याम्पसमा प्राध्यापक र कर्मचारी गरी २२ जना कार्यरत छन् ।

सम्बन्धित खवर