समाजवादी विद्यार्थी युनियनको विज्ञप्ति - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजवादी विद्यार्थी युनियनको विज्ञप्ति

दमक/२०७६ भदौं १७, समाजवादी विद्यार्थी युनियनले एक विज्ञप्ति जारी गर्दै विश्व विद्यालयहरुमा पदाधिकारी नियुक्तिप्रति गम्भीर डंगले ध्यान आकृष्ट भएको जनाएको छ ।

शैक्षिक संस्थाहरुको गुणस्तर, स्वातन्त्रता र विश्वासनियतामानै मुलुक समृद्धिसंग जोडिएकोले पदाधिकारी नियुक्ति गर्दा शैक्षिक संस्थाको प्राज्ञिक स्वातन्त्रता, निष्पक्षता, उत्कृष्ट प्रशासनिक र ब्यवस्थापकीय क्षमताको खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारी नियुक्ति गर्ने विषय विश्व विद्यालयहरुको विकास र प्रगतिको आधारभूत शर्त भएको विज्ञप्तिमा उल्लेख छ ।

दलीय भागभण्डाको आधारमा गरिएको नियुक्तिले विश्वविद्यालयहरु दिनानुदिन विवादित र धरासायी बन्दै गुणस्तरको अभावले लाखौं विद्यार्थीहरु करोडौ खर्चेर विदेशिनु पर्ने दुःखद् स्थिति छ जसले मुलुकको अर्थतन्त्रमानै नकरात्मक असर परेरको विज्ञप्तिमा ठम्याईएको छ ।

समाजवादी विद्यार्थी युनियनले मुलुकको भविश्यलाई ध्यानमा राख्दै विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा शैक्षिक मर्यादा र विश्व विद्यालयको विश्वासनीयता स्थापितगरी विश्वभरिका विद्यार्थीलाई आकर्षित गराई शैक्षिक रुपान्तरण गर्न सक्ने क्षमतावान पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न माग गर्दै, भविश्यसंग जोडिएको विश्व विद्यालयको पदाधिकारी नियुक्तिमा दलीय भागवण्डा र नियुक्तिसंग नसाट्न ध्यान आकृष्ट गर्दै यसो गरिए सरकारको विरुद्धमा उत्रने समेत समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रैठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर