चीनका विदेशमन्त्री याङ यी नेपाल आउदै - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चीनका विदेशमन्त्री याङ यी नेपाल आउदै


काठमाडौं– चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने त्रिपक्षीय बैठक पाकिस्तान–अफगानिस्तान–चीन मा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ ।

विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि काठमाडौं आउन लागेको बुझिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन लागेका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ । त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

‘विदेशमन्त्रीको भ्रमणमा दुई पक्षबीच सम्भावित द्विपक्षीय सम्झौता, चिनियाँ परियोजना बिआरआईबारे थप समझदारीबारे छलफल हुनेछ’, स्रोतले नागरिक न्यूजलाई जानकारी दियो ।

चिनियाँ राष्ट्रपति सीले अक्टोबर ११ बाट भारतको पाँच दिने भ्रमण सुरु गर्दैछन् । यो भ्रमणको समयमा (अगाडि वा पछाडि) राष्ट्रपति सी नेपाल भ्रमणमा आउने अपेक्षा गरिएको छ । यसका लागि काठमाडौंमा सुरक्षा तयारी थालिएको छ ।

सम्बन्धित खवर