आन्छुमे नसान
दमक/लोकप्रिय बाल गायिका माङगेन्ना कुरुम्बाङ लिम्बु र गायक इन्द्र सुशील चोङबाङको आवाजमा सजिएको “नियतीले” बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।
गरिबी र दुखका कारण बिदेशीएको बुवा, रोगी आमा र भाईको सेवा गर्दै दुख पिडामा रुमालिएकी ह्दयस्पर्शी छोरीको कथा बोकेको उक्त भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानल मार्फत सार्बजनिक भएको हो ।
ख्याती कमाएका अनुभवी निर्देशक दिनेश माङमुको परिकल्पना तथा निर्देशनमा एस पि निङलेकु लिम्बू, चेसुङ लिम्बू र बाल कलाकारमा सिवानी खेवाहाङ र आहेल खेवाहाङले अभिनय गरेको भिडियोलाई खड्कसिंह लिम्बुले निर्माण गरेका छन् ।
एस पि निङलेकुको शब्द, राजु आङदेम्बेको संगित रहेको गीतलाई पदम राजन मगरले एरेञ्ज गरेका छन् ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
श्रीकुमार राईले छायांकन गरेको भिडियोमा महेश सिग्देलको श्रृङगार र प्रकाश एस. के.ले सम्पादन गरेका छन् ।