‘कथा औशीको’ प्रिमियरसोसंगै आठ जनालाई सम्मान - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘कथा औशीको’ प्रिमियरसोसंगै आठ जनालाई सम्मान


२०७६ भदौं २३ पथरी / रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिले आफ्नो व्यानरमा निर्माण गरेको चलचित्र ‘कथा औशीको’ भब्य प्रर्दशन गरेको छ ।

सोमबार पथरी शनिश्चरेमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा प्रिमियर शो गरेको थियो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले औशीको गलत प्रथालाई हटाउन चलचित्रले सन्देश दिएको भन्दै औशीको प्रथा हटाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । हलमा खचाखच दर्शकहरुले चलचित्रप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा सिवानी सिप्तुङ्खा राईको निर्माण, सहायक निर्देशक तथा कथा लेखन मौसम परिवर्तन याक्थुङबा, निर्देशन मित्र लिङ्देन, कार्यकारी निर्माता मंगलसिंह लिम्बु (विशाल), सहनिर्माता किशोरसिंह लिम्बु रहेको चलचित्रको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् ।

चलचित्रमा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शेर्मा, विना तामाङ, चन्द्रध्वज बेघा, सरोज योङहाङलगायतको अभिनय रहेको छ भने नेपाली समाजमा औसी प्रथा सम्बन्धी विशेष खोज अनुसन्धान गरी यो प्रथा गलत हो भन्ने सन्देश दिन खोजेको निर्माण सहायक निर्देशक याक्थुङ्बाले बताए ।


सम्मानीत हुनेहरुमा प्रथम लिम्बु नायिका शोभा खजुम, वरिष्ठ लिम्बु नायक/निर्देशक प्रेम सुब्बा, प्रथम धिमाल समुदायको मुर्तिकार बुद्धिमान धिमाल, नेपाल ललितपुर प्रज्ञा प्रतिष्ठान सदस्य तथा वरिष्ठ चित्रकार सरोजा खड्गी, रंगकर्मी वनेम बिक्रम फागो, गायक हर्क श्रेष्ठ, सञ्चारकर्मी फिपराज बेघा र दलित महिला संघकी अध्यक्ष मिना सेञ्चुरी छन् ।

सम्बन्धित खवर