माङसेबुङ कृषि बहुद्देश्यीय सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ कृषि बहुद्देश्यीय सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न


माङसेबुङ २९ भदौ । माङसेबुङ ५ स्थित माङसेबुङ कृषि बहुद्देश्यीय सहकारी संस्थाले पुरस्कार तथा सम्मानसहित आफ्नो १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोको प्रमुख आतिथ्यता, माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यता र माङसेबुङ गाउँपालिका वडा नंं. ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राईको आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष राजेन्द्र विक्रम खजुमले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा संयोजक दिलबीर सेर्माले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।


साधारण सभामा प्रस्तुत दुवै प्रतिवेदन वन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक चनबहादुर सेर्माले जानकारी दिए । कार्यक्रममा एसइइ परिक्षामा उत्कृष्ठ हुने दुई सदस्यका छोराछोरीतर्फ क्रमशः रन्दीप लाओती र सेसेहाङमा फुरुम्बो, उत्कृष्ठ कारोवार गर्ने दुई सदस्य बालहाङ सेर्मा र धनमाया साम्पाङ राई, नियमित कर्जा भुक्तानी गर्ने दुई सदस्य कुमार फेम्बु र कमला तुम्बापो, र संस्थाका पुर्व सचिव नरेन्द्र कुमार राई र पुर्व अध्यक्ष के. बी. राईलाई प्रमाण पत्र सहित सम्मान गरिएको सेर्माले बताए ।

साधारणसभामा गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगो, विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्न सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, अतिथि वडा नं. ५ का अध्यक्ष तथा पूर्व सचिव नरेन्द्र कुमार राई, संस्थाका पुर्व अध्यक्ष के. बि. राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


पचास लाख शेयर पुजी एक करोड भन्दा बढीको कारोबार
दुई सय त्रियासी जना शेयर सदस्यको पचास लाख शेयर पुँजी रहेको सो सहकारीले एक करोड भन्दा बढीको कारोवार गरेको छ ।

कृषि तथा पशुपालन र सहकारी सुपथ पसल सञ्चालन कार्यक्रम
सहकारीले यस वर्ष आफ्ना शेयर सदस्यहरुलाई स्वरोजगार वनाउन कृषि तथा पशुपालनको लागि आवश्यक कर्जा व्यवस्था गर्ने प्रस्ताव गरेको छ । संस्थाले सीपमूलक प्रतिष्ठान, व्यवसायिक फर्महरुको सहकार्यमा फलफूल खेती, साग सब्जी, कफि, च्याउ खेती आदिको तालिम दिने नीति ल्याईएको अध्यक्ष खजुमले जानकारी दिए । तालिम पछि सीप हासिल गरेका युवाहरुलाई स्वरोजगार वनाउन संस्थाले सो परियोजनामा लगानी गर्ने जनाएको छ ।

यसैगरी संस्थाले लामो समयसम्म निस्कृय रहेका शेयर सदस्यलाई सकृय बनाउने अन्य सामाजिक कार्य गर्न गराउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिने । सम्पूर्ण शेयर सदस्यहरुको सेवा सुविधालाई ध्यानमा राखेर दैनिक उपभोग्य बस्तु तथा सेवा सर्बसुलभ मुल्यमा सेवा प्रदान गर्ने उदेश्यका साथ सहकारी सुपथ पसल सञ्चालन गर्ने कार्यक्रम सहकारीले उल्लेख गरेको छ ।


माङसेबुङ स्थित गुरु निजी आश्रम कृषि तथा भौतिक पूवौधार निर्माण आर्थिक ब्यवस्थापन समितिको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र विक्रम खजुमको सभपतित्वमा भएको थियो । साधारणसभालाई सचिव राजहाङ लाओतीले सञ्चालन गरेका थिए भने संस्थाका उपाध्यक्ष दूधबहादुर लाओतीले स्वागत मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर