सृजना र गोबिन्दको “मीठो मीठो पल” - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सृजना र गोबिन्दको “मीठो मीठो पल”


काकीराम लावती “आन्छुमे नसान”
दमक / गायिका सृजना दहाल र गायक गोबिन्द चेम्जोङको आवज रहेको “मिठो मिठो पल” बोलको गीत ओ. एस. आर. युट्यूव च्यानल मार्फत सार्बजनिक भएको छ ।

रामजन सुब्बाको शब्द तथा तारा प्रकाश लिम्बुको संगित रहेको गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका छन् ।

आँचल शर्मा र पुष्कर दहाल अभिनित भिडियोलाई उत्सव दाहालले खिचेका छन् । सुरेन्द्र बस्यालको कोरियोग्राफी, लोकेस थापाको श्रृगार रहेको भिडियो हरि दाहालले निर्माण गरेका हुन् ।

बिकास दाहालले सम्पादन गरेको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन् ।

सम्बन्धित खवर