जीवनको भिख माग्दै लोक गायक थेगिम - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जीवनको भिख माग्दै लोक गायक थेगिम


सङसेमी माङयुङ

दमक / दमकका लोक गायक तथा समाजसेवी मोहन थेगिम यतिबेला जीनको भिख मागी रहेका छन् । उनी लामो समय नोबेल हस्पिटल बिराटनगरमा उपचारपछि थप उपचारको लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचाररत छन् ।

लामो समय आफैमा सामाजिक अभियन्ता भई दुखी, बिरामी, रोगीहरुलाई उदार गर्न, र गरिव तथा अशक्तहरुको लागि आर्थिक सङ्कलन गर्दै त्यस्ता दयनीय ब्यक्तिहरुको जीवन बचाउन अभियन्ताको भुमिका खेलेका थेगिम आज आफै जीवन रक्षाको भिख मगिरहेका छन् ।

अल्सरका दीर्घ रोगी थेगिमको स्वास्थ्य अवस्था नाजुक बनेपछि नोबेलमा भर्ना भइ चेकअप गराउदा हर्निया, मृगौला र फोक्सोमा पानी जम्ने जस्ता भयानक रोगको समस्या देखिएको थियो । सो रोगका कारण बिगत डेढ महिनाबाट उपचार गराइरहेका उनि अझै बाँचेर आफ्नो कला यात्रा र सामाजिक सेवा गर्ने इच्छा रहेको बताउछन् ।

चुलाचुली इलाम स्थायी घर भएका थेगिमको आर्थिक अवस्था समेत नाजुक रहेको छ । थेगिमलाई पुर्बेली लोक गायक मोहन थेगिम बचाउ अभियानका अभियानकर्ताहरुले आर्थिक संकलन गरी उपचार गराई रहेको विरामीका सहयात्री दिपकमल चेम्जोङले बताए ।

लोक गायक तथा सामाजसेबी थेगिमलाई बचाँउन आर्थिक सहयोग गर्नका लागि बिरामी मोहन थेगिमको नाममा खोलिएको नबिल बैंकको खाता नम्बर २२१००२७५०४४३० मा जम्मा गरी सहयोग गर्न परिवारले आफ्ना, आफन्त तथा सर्वसाधारण सवैमा अपिल गरेको छ ।

सम्बन्धित खवर