सिक्किममा ‘थेत्लङ’ को ग्रेण्ड प्रिमियर शो - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिक्किममा ‘थेत्लङ’ को ग्रेण्ड प्रिमियर शो

काकीराम लावती  ‘आन्छुमे नसान’

दमक/निर्माता तथा संगीतकार मनि ताम्लीङको निर्माणमा बनेको किशोर सुब्बा निर्देशित लिम्बू कथानक चलचित्र ‘थेत्लङ’(पैचो)को प्रिमियर शो गत सेप्टेम्बर २१(असोज ४) तारिख सिक्किमको गान्तोक स्थित मेनन हलमा भव्यताका साथ सम्पन्न भएको छ ।

लिम्बू चलचित्र थेत्लङको प्रिमियर शोको उद्घाटन गर्ने क्रममा प्रमुख अथिति भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र निर्माण गरेर जातिको मात्रै नभएर सिक्किमलाई चिनाउन मद्दत पुर्याएकोमा खुशी व्यक्त गर्दै, निर्मण युनीटलाई बधाई समेत व्यक्त गरेका छन् ।

सम्बोधन गर्ने क्रममा संसद सुब्बाले कोहीसँग लडाइँ लडेर सिक्किमलाई बचाउन नसकिने तर कला र संस्कृतिले भने बचाउन सकिने बताए । उनले कलाकार तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै सिक्किमलाई माया गरिरहन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा चलचित्रमा अभिनय गर्ने कलाकार, सञ्चारकर्मी तथा सहयोगीहरूलाई मायाको चिनो र प्रमुख अतिथिलाई भने चलचित्र निर्माण पक्षबाट स्मृती चिनो प्रदान गरेको थियो ।

चलचित्रमा विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङ लगायले अभिनय गरेका छन् ।

गायक, गायिका मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, राम दुःखी आङ्देम्बेले स्वर दिएका छन् भने संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् ।

मनी ताम्लीङको अलवा विराज लिम्बू समेत निर्माता रहेको, सागर केरुङको पटकथा तथा सम्वाद, दिनेश माङमुको कोरियोग्राफी, हेमन तामाङको छायांकन तथा सम्पादनमा निर्माण भएको चलचित्र देउमान होन्दोक लिम्बूले लेखेको उपन्यासमा आधारित हो ।

सम्बन्धित खवर