निसामहिमको भवन उद्घाटन तथा किरात भाषा लिपिको कक्षागत पुस्तक विमोचन कार्यक्रम सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निसामहिमको भवन उद्घाटन तथा किरात भाषा लिपिको कक्षागत पुस्तक विमोचन कार्यक्रम सम्पन्न

ज्ञानु केदेम लिम्बू

माङसेबुङ/श्री किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमको भवन उद्घाटन तथा कक्षागत किरात भाषा लिपिको पुस्तक विमोचन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको विशेष देव सवार रहेको थियोे ।
युक्सिङ निसामहिमका विद्यार्थीहरुको सामूहिक किरात भाषिक माङसेवाबाट सुरु गरिएको भवन उद्घाटन तथा कक्षागत किरात भाषा लिपिको पुस्तक विमोचन कार्यक्रममा विद्यालयबाट अङसीमाङ तथा अङसीमामाङसमक्ष अभिनन्दन पत्र चढाएका थिए ।


त्यसैगरी प्रमुख अतिथि गाउँपालिका अध्यक्ष इधिङगो, पाठ्यक्रम विकास केन्द्र सानोठिमीका पूर्व उप निर्देशक. डम्बरधोज आङदेम्बे, पूर्व इलाम जिल्ला शिक्षा अधिकारी अभि केशर सिग्देल, चुलाचुली गा.वि.स.का पूर्व स्रोत केन्द्रका स्रोत व्यक्ति उपेन्द्र सापकोटा लगायत निसामहिम स्थापना गर्न र पाठ्यक्रम निर्माण गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान साथै गरिव तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण समेत गरिएको निसामहिमका प्रधानाध्यापक कल्पना लिङ्देनले बताएकी छन् ।
प्रमुख अतिथि इधिङगोले समुदघाटन मन्तव्य राख्नुहुँदै, संविधानले दिएको प्रावधानहरु संघीय सरकारले कटौती गरेको बताएका छन् । उनले बालबालिकाले असल शिक्षा भएनन् भने देश विकास गर्न समस्या हुने समेत बताएका छन् ।
संविधानले प्रत्याभूति गरेको मापदण्डहरु कार्यान्वयनमा जोड दिनुपर्ने भन्दै, संघीय र प्रदेश सरकारले शिक्षा नियमावली र विधेयक तत्काल ल्याउन जरुरी रहेको उनले बताएको छ ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, पूर्व उप निर्देशक आङदेम्बे, पूर्व इलाम जिल्ला शिक्षा अधिकारी सिग्देल, चुलाचुली गा.वि.स.का पूर्व स्रोत केन्द्रका स्रोत व्यक्ति सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युक्सिङ निसामहिम व्यवस्थापन समितिका अध्यक्ष मदन इङनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य टेकबहादुर लाओतीले स्वागत मन्तव्य राखेका थिए भने जीतेन पन्धाकले कार्यक्रम गरेका थिए ।

 

सम्बन्धित खवर