मिक्लाजुङ गजल महफिल सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ गजल महफिल सम्पन्न


दमक/मोरङको मिक्लाजुङ टाँडीमा टाडिँकुन्ज परिवारको आयोजनामा सगिता थापा, मुक्त उदास र कृष्ण काश्यपको गजल वाचन ( मिक्लाजुङ गजल महफिल )कार्यक्रम सम्पन्न भएको छ । बरिस्ठ कवि देवान किरातीको प्रमुख आथित्यमा मिक्लाजुङ गजल महफिल कार्यक्रम सम्पन्न भएको हो ।

गगन यक्पाङदेन को संयोजकत्वमा सम्पन्न कार्यक्रममा हेमन यात्रि, सुन्दर कुरुप, हाङयुग अज्ञात, प्रकाश बुढाथोकी ,लोकेन्द्र बन्जरा, घनश्याम पथिक, सुमन राई, राजकुमार सुब्बा अनिश्चित , भिजन गुरागाइ, लिला अनमोल,ओम प्रकाश शर्मा, दिपक दियालो , सीता राई , तारा दिप्साली राई, कल्पना आचार्य, तिला लेकाली, सुनिता तामाङ , बाटो घरे कान्छा, चोमु शेर्पा, कृष्ण उदासी ,धिरज राई ,फरिदा घिमिरे , बिबेक न्यौपाने लगायत एक सय जना भन्दा बढि स्रष्टाहरूको उपस्थिति रहेको थियोे ।

२०७१ सालमा स्थापना भएर जरुवा साहित्यिक पत्रिका प्रकाशन समेत गर्दै आएको टाडिँकुन्जले साहियिक कार्यक्रमहरु बेलाबे्लामा आयोजना गदै आईरहेको छ ।

संयोजक गगन यक्पाङदेनले कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा हृदय देखि नै आभार ब्यक्त गरेका छन् । उनले टाडिँकुन्जलाइ माया गरेर उपस्थिति हुनु भएका सम्पूर्णमा हार्दिक धन्यवाद समेत दिएका छन् ।

सम्बन्धित खवर