माङ्सेबुङ १ ‘ए’ र माङ्सेबुङ १ ‘बी’ सेमीफाईनलमा - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ १ ‘ए’ र माङ्सेबुङ १ ‘बी’ सेमीफाईनलमा


आन्छुमे नसान
दमक/इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा जारी वडास्तरिय फूटबल प्रतियोगिताको सोमबार भएको खेलमा माङ्सेबुङ १ ‘ए’ र माङुसेबुङ १ ‘बी’ बीजयी हुंदै सेमीफाईनलमा प्रबेश गरेको छ ।

सोमबार भएको पहिलो खेलमा माङसेबुङ ६ ‘ए’ लाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ १ ‘ए’ सेमीफाईनलमा प्रबेश गरेको हो ।दोस्रो खेलमा माङसेबुङ ३ ‘बी’ लाई ३–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ १ ‘बी’ सेमीफाईनलमा प्रबेश गरेको हो ।

प्रतियोगिता अन्तरगत मंगलबार सेमीफाईनलका दुई खेल संचालन हुने भएका छन् । पहिलो खेलमा माङसेबुङ १ ‘ए’ ले माङसेबुङ ३ ‘ए’ को सामना गर्ने भएको छ । त्यसैगरि सोमबारनै हुने दोस्रो सेमीफाईनलमा माङसेबुङ १ ‘बी’ ले माङसेबुङ २ ‘बी’ को सामना गर्नेे आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

सोमबार सम्पन्न पहिलो खेलबाट माङसेबुङ ६ ‘ए’ का अरुण राई र दोस्रो खेलबाट माङसेबुङ ६ ‘बी’ का जीवन राई म्यान अफ दी म्याच घोषित भएका छन् । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल ४ मंसीरमा हुने छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगा संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए् ।

प्रतियोगितामा ६ वटा वडाका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता स्थानीय महेन्द्रद्धय माविको खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित खवर