माङ्सेबुङ ३ ‘ए’ र माङ्सेबुङ २ ‘बी’ उपाधीका लागि भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङ ३ ‘ए’ र माङ्सेबुङ २ ‘बी’ उपाधीका लागि भिड्दै


आन्छुमे नसान
दमक/इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा जारी वडास्तरिय फूटबल प्रतियोगिताको मंगलबार भएको सेमीफाईनल खेलबाट माङ्सेबुङ ३ ‘ए’ र माङुसेबुङ २ ‘बी’ बीजयी हुंदै उपाधीका लागि भिड्ने भएका छन् ।

मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा माङसेबुङ १ ‘ए’ लाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ ३ ‘ए’ फाईनलमा पुगेकोे हो । दोस्रो सेमीफाईनल खेलमा माङसेबुङ १ ‘बी’ लाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ २ ‘बी’ ले फाईनलमा माङसेबुङ ३ ‘ए’ संग उपाधीका लागि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको फाईनल खेल बुधबार संचालन हुने भएको छ् । बुधबार उपाधीका लागि माङसेबुङ ३ ‘ए’ र माङसेबुङ २ ‘बी’ बीच आमुने सामुने हुने आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

मंगलबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट माङसेबुङ ३ ‘ए’ का मनु नेम्बाङ र दोस्रो सेमीफाईनल खेलबाट माङसेबुङ २ ‘बी’ का मन कुमार राई म्यान अफ दी म्याच घोषित भएका थिए ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगा संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए् ।

प्रतियोगितामा ६ वटा वडाका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता स्थानीय महेन्द्रद्धय माविको खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित खवर