चासोक तङनाम धुमधाम मनाईयो(फोटो फिचर) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चासोक तङनाम धुमधाम मनाईयो(फोटो फिचर)


आन्छुमे नसान
दमक/प्रकृति पूजक किरात समुदायको राष्ट्रिय चाड चासोक तङनाम (उधौली पर्व) धुमधाम मनाइएको छ ।

किरात समुदायले विशेष महत्वका साथ मनाँउने पर्व लिम्बूले चासोक तङनाम, राईले साकेला, याख्खाले चासुवा र सुनुवारले फोलस्यादरको रूपमा यस पर्वलाई मनाउँदै आएका छन् ।


किरात समुदायको बाक्लो बसोबास रहेको क्षेत्र ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनुसरी, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, संखुवासभा, उपत्यका लगायत स्वदेश तथा विदेशका विभिन्न ठाउँहरुमा विविध कार्यक्रम आयोजना गरी बुधवार र बिहिवार उधौंली पर्व मनाइएको छ ।

यसरी उधौंली पर्व मनाउने क्रममा झापाको शिवसताक्षी स्थित दुधेमा लोकप्रिय गायक प्रमोद खरेल, गायक यादन सेर्मा, दी भ्वाईस अफ नेपाल सिजन–२ का विजेता राम लिम्बू, टप–४ फिनालिष्ट विकास लिम्बू, गायिका गंगा फियाक लगायत कलाकारहरुको प्रस्तुती रहेको थियो ।


किरात याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा दी भ्वाईस अफ नेपाल सिजन–२ का विजेता राम लिम्बू, टप–४ फिनालिष्ट विकास लिम्बूलाई सम्मान गरिएको थियो । यसरीनै माङसेबुङ–५, इलाममा किरात लिम्बू भाषाको दोभाषे राजपत्र अनंकित दोस्रो तथा चौंथो तह पदमा नियुक्ति हुनुभएका सुनिल सेर्मालाई सम्मान गरिएको थियो ।


संघीय सांसद एल.पीं साँवा लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न उधौंली पवमा केलाङ् नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा केलाङ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ मेचीनगर प्रथम भयो भने क्रमश ः याक्थुङ केलाङ बिर्तामोड र याक्थुङ केलाङ समाज गौरदह दोस्रो र तेस्रो भएका थिए ।


त्यसैगरी धरमपुरमा लोकप्रिय गायक सुजन तिगेला लिम्बू, फक्ताङलुङ आइडल तिर्सना नेम्बाङ लगायत कलाकारहरुले प्रस्तुती दिएका थिए ।

उधौली अर्थात् न्वागी पूजासहित मनाइने चासोक तङ्नाम लिम्बू समुदायमा अनादिकालदेखिनै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा रही आएको छ । अन्न पाक्ने समय कात्तिकदेखि धान्य पूर्णिमासम्मनै पाकेको अन्नबालीलाई पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । चासोक तङ्नामलाई न्वागी पूजाको रूपमा समेत लिइन्छ ।


किरात समुदायको परम्परागत भेष–भूषा र गर–गहनाको पहिरनसहित पालाम, यालाङ, केलाङको समेत आयोजना गरिएको थियो । किरात समुदायको परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा किरात समुदाय विशेष संघसस्था पनि सक्रिय हुन थालेका छन् । आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि सबै पक्षसँग किरात याक्थुङ चुम्लुङले आव्हान गरेको छ ।

 

सम्बन्धित खवर