पालुङवाको अध्यक्षतामा कचनकवल साहित्यिक मञ्च गठन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पालुङवाको अध्यक्षतामा कचनकवल साहित्यिक मञ्च गठन


आन्छुमे नसान
माङसेबुङ/कचनकवल साहित्यिक मञ्च कचनकवल झापा गठन गरिएको छ । बिक्रम पालुङवाको अध्यक्षतामा १३ सदस्यीय मञ्च गठन गरिएको हो ।

गत मंसिर २८ गते उपस्थिती मध्येका कान्छो बिकास घिमिरेको अध्यक्षतामा सम्पन्न भेलाले मञ्चको उपाध्यक्षमा सुकबहादुर योङहाङ, सचिवमा उमेश विरोधी, सहसचिवमा बिकास घिमिरे र कोषाध्यक्षमा सरिता भटराई चयन गरेका हुन् ।

यसरीनै सदस्यहरुमा क्रमशः उमेश मिश्र, दिपेश राई, कल्पना चौहान बस्नेत, भक्त शंखर, प्रकाश खतिवडा, वादल क्षेत्री, मनोज सापकोटा र दिनेश चौधरी रहेका छन् ।


गत कातिक ९ गते प्रदेश सांसद बसन्त कुमार बानियाको प्रमुख आतिथ्यमा, गजलकार इश्वर दहालको बिशिष्ट आतिथ्यमा, अतिथिहरु कचनकवल -६ का वडाध्यक्ष कुलबहादुर कार्की, कचनकवल शिक्षा शाखा प्रमुख छवि बस्नेत र टिका दक्त अकेला लगायतको उपस्थितिमा सम्पन्न कचनकवल गजल मेहफिल – २०७६ कार्यक्रममा गठन गरिने भनिएकोमा गठन हुन नसकेकाले यसले पूर्णता पाएको हो ।

कार्यक्रममा मनोज भटराई, सरिता भटराई, टि.एन. भण्डारी र सुकबहादुर योङहाङ लगायतले कविता तथा गजल वाचन गरेका थिए ।

सम्बन्धित खवर