झापामा प्रदेशस्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा प्रदेशस्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने


दमक/जिल्लाको झापा गाउँपालिका ६ शरणामतीमा प्रथम प्रदेश १ स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

झापा गाउँपालिकाको आयोजनामा आगामी पुस १४ गतेबाट १९ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो ।

प्रतियोगितामा झापाका १० गाउँपालिका सहित प्रदेश १ का २४ पालिकाको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बूले जानकारी दिए ।

प्रथम हुने टिमले नगद एक लाख एक हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले ७१ हजार १११ प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टिमले क्रमश २१ हजार १११ र ११ हजार १११ पाउने छन्।

प्रतियोगितामा उत्कृष्ट डिफेन्स, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमश नगद पाँच हजारका दरले प्रदान गरिने सुरुङगामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सात लाख रुपैयाँ लाग्ने अनुमानका साथ आयोजित प्रतियोगिता संचालनका लागि झापा गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको छ ।

पत्रकार सम्मेलनमा झापा गाउँपालिका ६ का अध्यक्ष हरिप्रसाद बानिया, नेपाल भलिबल संघ प्रदेश १ का सचिव लेखनाथ पराजुलीलगायतले खेलले खेल पर्यटन र स्थानीय खेलाडीको क्षमता बढाउने बताए ।

सम्बन्धित खवर