प्रमुख कार्यकारी अधिकृत तिम्सीनाको मनोमानी - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रमुख कार्यकारी अधिकृत तिम्सीनाको मनोमानी


दमक/झापाको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सीनाले फेसबुकमा स्टाटस लेख्दै कार्यपालिका बैठकले निर्णय गरेर लिएको रकम फिर्ता गर्ने भएका छन् ।

उनले गैह्रकानुनी रुपमा कार्यपालिकालाई प्रभावमा पारेर तलब बढाएको फिर्ता गर्ने भएका हुन् ।

अधिकृत स्तर नवौ तहका कर्मचारी उनले निर्णय गराएर दशौ तहको तलब बुझ्ने गरेका छन् । यस बारेमा समाचार प्रकाशित भएपछी अष्ट्रेलियामा रहेका उनले स्टाटस लेखेर फिर्ता गर्ने बताए ।

संघीय सरकारले उनलाई अधिकृत स्तर नवौको मात्रै तलब खुवाउछ । तर उनले असोज ४ गते शनिबारको बैठकबाट प्रमुख रोमनाथ ओली नभएको समयमा उपप्रमुख गिताकुमारी पौडेल (अधिकारी)लाई प्रभावमा पारेर निर्णय गराएका थिए ।

उनले साउन १ गतेदेखि नै लागु हुने गरि तलब बढाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत कार्यापालिकाको सदस्य सचिव रहन्छन् ।

सरकारी तलब अनुसार तिम्सीनाको तलब ४० हजार तीन सय ३० रुपैयाँ मात्रै हुन्छ । तर तिम्सीनाले भने कार्यापालिकाबाट निर्णय गराएर ७ हजार ५० रुपैयाँ थप तलब बुझ्ने गरेका हुन् ।

सम्बन्धित खवर