जनज्योती बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनज्योती बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

आन्छुमे नसान
माङसेबुङ/झापाको कचनकवल गाँउपालीका वडा न. ७ मा रहेको जनज्योती प्रथमीक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरीएको छ । बिद्यालयमा अध्यनरत साना साना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरीएको हो ।

कचनकवल गाँपालीका वडा न. ७ का वडा अध्यक्ष भरत राजबंशीको प्रमुख आतिथ्यमा र शिक्षा शाखा प्रमुख कचनकवलका छवीलाल बस्नेतको बिशिष्ट आतिथ्यमा शुक्रबार सम्पन्न कार्यक्रममा ताणणी माध्यमीक बिद्यालय दमक झापामा कार्यरत समाज सेवी शिक्षा प्रेमी दुर्गा काफ्लेले साना साना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेकी हुन् ।

‘म एउटा समान्य प्रा.वि. को टिचर हुँ’, उनले भने, ‘म भएर बाँड्ने होइन, छैन पनि’ । काफ्लेले भनिन् ‘तलवबाट एक दूई हजार खुत्रुकेमा जम्मा गर्छु आवश्यक पर्दा त्यसलाई फुटाएर काम गर्ने गर्छु’ । यसैगरी उनले ४८ साल देखि गर्मीमा धोती र कुर्ता जाडोमा न्यानो कपडा बाँडदै आईरहेकी बताइन ।

उनले अन्य थुप्रै बिद्यालयहरुमा बिद्यार्थीहरुलाई पठनपानमा सहज होस् भन्ने उद्धेश्यले लत्ता कपडाहरु अलावा शैक्षिक सामग्री पनि बितरण गरेको बताईन ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश लिम्बू अध्यक्षतामा स्वागत मन्तव्य सुकबहादुर योङहाङ र कार्यक्रम सञ्चालन प्रधानाध्यापक अमर कुमार राईले गरेका थिए । यसैगरी दाताहरुमा दुर्गा काफ्लेको अलवा गौरी निरौला र तज प्रसाद तिवारी समेत रहेका छन् ।

सम्बन्धित खवर