माङ्सेबुङमा आगोलागी हुँदा १२ लाखको क्षति - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङ्सेबुङमा आगोलागी हुँदा १२ लाखको क्षति


ज्ञानु केदेम

माङ्सेबुङ/इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ नाम्तोक्लामा आगोलागी हुँदा सुरेश आङ्देम्बेको घर जलेर नष्ट भएको छ ।

आगलागी गए राति करिब १ बजे सुरु भई ३ बजेमात्र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको स्थानीय किर्तिविक्रम तुम्बापोले बताए ।


घर पूरै जलेर नष्ट भएकोले लत्ताकपडा, अन्नबाली सबै जलेको स्थानीय किसान खजुमले बताए । नगद सहित सुन चाँदी पनि जलेकोले करिब १२ लाख क्षति भएको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राईले बताए ।

बाक्लो बस्ती र काठे घर भएपनि अग्नि नियन्त्रणमा स्थानीयको सक्रियताले अन्य घरहरु भने सुरक्षित रहेका छन् । किचनबाट आगो उठेकोले ग्यासँको सिलिण्डरबाट आगो सुरु भएको अनुमान गरिएको वडा अध्यक्ष राईको भनाई छ ।


पीडित परिवारलाई सहयोग गर्न स्थानीय स्तरबाट सहयोग संकलन सुरु गरिएको स्थानीय किसान खजुमले जानकारी दिए । यसका लागि स्थानीय तह गाउँपालिका, रेडक्रस सोसाइटी लगायतलाई राहत सहयोग संकलन गर्न पहल गरिरहेको जनाइएको छ ।

घर परिवार सकुसल रहे पनि घरमा रहेको सरसमान, कागजात सबै जलेर नष्ट भएकोले स्थानीय स्तरमा राहत संकलनका लागि वडा कार्यालयले सिफारिस गर्न लागेको वडा अध्यक्ष राईको भनाई छ ।

सम्बन्धित खवर