बिराज भट्ट निर्देशित बहुप्रतिक्षित चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर सार्वजनिक(ट्रेलर सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिराज भट्ट निर्देशित बहुप्रतिक्षित चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

दमक/स्टारडम अभिनेता बिराज भट्ट र डेव्यु अभिनेत्री निकिता चाण्डक अभिनित चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

बिराज भट्ट स्वंयको निर्माण तथा निर्देशन रहेको सिनेमाले किड्नी तस्कीरको कथा उठान गरिएको बताइएको छ । अभिनेता भट्टले कम्व्याक गरेको सार्वजनिक ट्रेलरमा अभिनेता भट्टको एक्सन अवतारलाई फोकस गरिएको छ ।

आगामी माघ २४ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुने चलचित्रलाई विराजको सुखद कमव्याकको रुपमा समेत हेरिएको छ । वर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रकोे ट्रेलरले दर्शकमाझ कौतुहलता जगाउने विश्वास निर्माण टिमले गरेका छन् ।

एक्सन, लभस्टोरी चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा शिवम अधिकारीकोे पटकथा तथा संवाद रहेको छ । बिराज स्वंयमको कथा रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् ।

चलचित्रमा श्री श्रेष्ठको द्धन्द्व निर्देशन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको समपादन रहेको छ ।
ट्रेलर हेर्नुहोस :–

सम्बन्धित खवर