प्रेस नेपालको घोषणा, अध्यक्षमा अर्याल - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेस नेपालको घोषणा, अध्यक्षमा अर्याल

दमक/ समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन प्रेस नेपालको केन्द्रीय समिति घोषणा गरीएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय केन्द्रीय समिति घोषणा गरीएको हो ।

तत्कालिन संघीय प्रेस फोरम नेपाल र प्रेस सोसाइटी नेपालबीचको एकतापछि बनेको नयाँ संगठन ‘प्रेस नेपाल’ घोषणा गरीएको हो ।

१५ सदस्यीय पदाधिकारी रहेको समितिमा उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ६ र कोषाध्यक्षमा १ जना रहेका छन् ।

उपाध्यक्षहरुमा आतिसकुमार मिश्र, नातीकाजी महर्जन, कमन देवान, प्रल्हाद पोख्रेल र मनोज ढोडारी रहेका छन् । महासचिवमा विजय चाम्लिङ र उपमहासचिवमा देवेन्द्र खापुङ रहेका छन् । सचिवहरुमा दिपेन्द्र रुम्दाली, मुकेशकुमार मिश्र, शाहीमान राई, योगेन्द्रप्रताप शाही, विदुर ढुङ्गेल र उज्वल पौडेल र कोषाध्यक्षमा पासाङ शेर्पा छन् ।

यसरीनै सदस्यहरुहरुमा अपरेन्द्र यादव, अशोक गुरुङ, उमेश दुवे, राजिव लामिछाने, राम योङहाङ, फिपराज बेघा, मुकेश यादवलगायत रहेका छन् ।

नव घोषित प्रेस नेपालका अध्यक्ष केशव अर्यालले पत्रकारहरु पनि एजेण्डाका आधारमा विभाजित भएको बताए ।

पत्रकारहरु स्वतन्त्र हुने भनिएतापनि एजेण्डाको पक्षपाती हुनुपर्ने बताए । उनले प्रेस नेपाल अग्रगमन, संघीयता, समावेशीता, धर्मनिरपेक्षता, दलित, महिला, आदिवासी जनजाति, मधेसीलगायत उत्पीडितहरुको पक्षपाती भएको उल्लेख गरे ।

कार्यक्रममा प्रेस नेपालसहित संघीय कानुन व्यवसायी एसोसिएसन, संघीय प्राध्यापक संघ, नेपाल इन्जिनियर समाज, नेपाल चिकित्सक फेडेरेशन, राष्ट्रिय शिक्षक युनियन, निजामति ट्रेड युनियन नेपाल र समृद्धि संजाल नेपालको समेत समायोजन घोषणा गरिएको थियो ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, नवराज सुवेदी, हिसिला यमीलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर