झापाको मेचीनगरमा प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग सुरु - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको मेचीनगरमा प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग सुरु

माङसेबुङ/झापाको मेचीनगरमा प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग सुरु भएको छ । बिहीबार मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा सुरु भएको हो ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीले बलिङ गदैै लिगको उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा इष्टन बुलेट क्रिकेट क्लब सुनसरी ९ विकेटले विजयी भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको बोस्टन क्रिकेट एकाडेमीले ५ विकेटको क्षतीमा ९८ रन बनायो । ९९ रनको टार्गेटमा सुनसरीले १ विकेटको क्षतीमा लक्ष्य भेट्टायो ।

उद्घाटन खेलमा ४ विकेट लिएका सुनसरीका रमेश चौधरी म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको उद्घाटन सत्रमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, समाजवादी पार्टीकी नेतृ सुन्दरी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष वीरु श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सचिव विजय अधिकारी र सञ्चालन पर्शुराम पराजुलीले गरेका थिए ।

शुक्रबारको पहिलो खेल इष्टन बुलेट क्रिकेट क्लब सुनसरी र आदर्श क्रिकेट क्लब झापाबीच बिहानको १० बजे देखि हुनेछ ।

यसैगरि दोस्रो खेल युनाइटेड क्रिकेट एकाडेमी झापा र धुलाबारी क्रिकेट क्लबबीच दिनको १ बजे हुने आयोजक क्लबकी म्यानेजर निकीता थापा मगरले बताईन् ।

माघ १ मा समापन हुने प्रतियोगिताको मुख्य प्रायोजन मेचीनगर नगरपालिका र मेची नेत्रालय गरेका छन् । प्रतियोगितामा आयोजकसहित १२ वटा टिमले सहभागी जनाएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार ५१ रुपैयाँ र उपविजेता टिमले २५ हजार ५१ रुपैयाँ पाउनेछन् ।

सम्बन्धित खवर