सभामुख पदको सशक्त उम्मेदवार शिवमाया नै हुन्– प्रवता श्रेष्ठ - Mangsebung News
  • आइतबार, मङि्सर १७, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सभामुख पदको सशक्त उम्मेदवार शिवमाया नै हुन्– प्रवता श्रेष्ठ

दमक/ प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफेनै सभामुख पदको सशक्त उम्मेदवार भएको बताएका छन् ।

प्रतिनिधिसभाको उपसभामुख बनिसकेकाले शिवमाया पार्टीको तर्फबाट सभामुखको सशक्त उम्मेदवार भएको उनको भनाइ छ ।

नेता श्रेष्ठले उपसभामुखले संसदको ठूलो दल नेकपाले नै सभामुख गुमाउने अवस्था सिर्जना हुँदासम्म राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरित भएको भन्दै संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिएसम्म संसदको सबैभन्दा ठूलो दल नेकपाले सभामुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उहाँलाई राजीनामा दिन पार्टीले आग्रह गरेको बताए ।

उपसभामुखको राजीनामाकै कारण पुस ४ गतेबाट सुरु भएको संसदको हिउँदे अधिवेशन बिजनेस विहीन बनेको भन्दै श्रेष्ठले उपसभामुख राजीनामाकै कारण पुस ११, १६ र २७ गते सूचना टाँस गर्दै बैठक स्थिगित भएको बताए । प्रनिधिसभाको अर्को बैठक माघ ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित खवर