यायोक्खाको अध्यक्षमा आशिष - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यायोक्खाको अध्यक्षमा आशिष

 

दुर्गाहाङ लाओती

 

मिक्लाजुङ/ किरात राई यायोक्खा मिक्लाजुङ– ५ कुरुम्बाको चौथो वडा अधिबेशन सम्पन्न भएको छ

मंगलबार पाङ्तुवा स्थित किरात राई यायोक्खा जिल्ला शाखा पाँचथरको अध्यक्ष गणेश साङपाङको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

उक्त अधिबेशनबाट आशिष राईको अध्यक्षतमा १५ सदस्यीय वडा समिति निर्वा्चित भएका छन । उपाध्यक्षमा बिष्णुकुमारी राई, दिल्ली एवाई, सचिवमा अर्जुन राई, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा सरस्वती राई निर्वाचित भएका छन ।

यसरीनै सदस्यहरुमा सन्देश राई, मन्दिप राई, सुबिताज राई, सीता राई, नरबहादुर राई , वसन्त राई, मालती राई, कमलकुमार राई र बिपिना राई रहेका छन ।

अधिवेशनमा किरात याक्थुङ चुम्लङ मिक्लाजुङ– ५ अध्यक्ष मणिप्रसाद लावती, नेपाल आदिबासी जनजाति महासंघ वडा समन्वय समिति अध्यक्ष मिरेन्द्रकुमार लावती, नेपाल आदिबासी जनजाति महासंघ गाउँ समन्वय समिति मिक्लाजुङ गा.पा. अध्यक्ष खड्कसिं योङहाङ, मिक्लाजुङ– ५ का वडा सदस्य मेघराज लावती लगायतले शुभकामना मन्तब्य राखेका थिए । सोही अवसरमा हुलाक टोल र सिक्तेम्बा टोलका कलाकारहरुले साकेला सिली समेत प्रस्तुत गरेका थिए ।

बालसदन राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष डिल्ली एवाईले स्वागत मन्तब्य र सचिव कुशल चाम्लिङकले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर