आज भुकम्प दिवस - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज भुकम्प दिवस

दमक, आज भुकम्प दिवस आजकै दिन वि.सं. १९९० माघ २ गते नेपालमा गएको विनासकारी भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

सुरक्षित पूर्वाधार, दिगो, सुख र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

वि. सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ सरकारले यो दिवस मनाउन थालेको हो ।

दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार करिब पाउने १२ मा गोरखाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुगेको थियो ।

सम्बन्धित खवर