आत्मा र शरीरलाई पवित्र राख्नुपर्छ : सेइङ (फोटोफिचर सहित) - Mangsebung News
  • आइतबार, मङि्सर २४, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मा र शरीरलाई पवित्र राख्नुपर्छ : सेइङ (फोटोफिचर सहित)


ज्ञानु केदेम लिम्बू
माङसेबुङ/विश्व शान्ति मानव एकता कायम भएपछि मात्र संसार इश्वरको सुन्दर फूलबारी बन्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

सो कुरा वहाँले सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण समुद्घाटन समारोहमा आइतबार आशीर्वचन दिनुहुँदै बताउनु भएको हो ।

“विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरुको आत्मामा माङको बाँस भइ शान्ति र एकता कायम गर्ने सोच आवोस“ वहाँले भन्नुभयो “संसार उजाड भए इश्वरको सृष्टि नष्ट हुनेछ ।“

विश्व युद्धको छाँया आइरहेको वहाँले संकेत गर्नुहुँदै, संसारका सबै धर्म दर्शनले विश्व शान्तिको लागि पहल गर्न आग्रह गर्नुभएको छ । अङसीमाङले भन्नुभयो “आत्मा र शरीरलाई पवित्र राख्नुपर्छ ।“ आशीर्वचनकै क्रममा वहाँले अन्नको सह रहेपनि मान्छेको सह कम मात्र रहेको संकेत गर्नुभएको छ ।

समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालले समुद्घाटन मन्तव्य राख्नुहुँदै माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने बताए ।कार्यक्रममा समारोह सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन पान्जुम्भोबाट स्वागत नृत्य प्रस्तुत गरेका थिए ।ग्क्ब् का किरात धर्मावलम्बी प्रतिनिधि नाम फुरुम्बो, माङसेबुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्र राई, तुम माङसेवासाबा मनप्रसाद थङलङ लगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चर्चित कलाकारहरु राजु आङदेम्बे, ब्रबिम सेर्मा र इन्द्र सुशील चोङबाङको प्रस्तुति समेत रहेको थियो । भने, साँझ पनि भव्य सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने साक्थिम्गेन पान्जुम्भोले जनाएको छ ।

सम्बन्धित खवर