अन्तत विक्रमको निर्देशनमा प्रकृतिको ‘बाटोमा भेटेको माया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तत विक्रमको निर्देशनमा प्रकृतिको ‘बाटोमा भेटेको माया’ सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान
दमक/छाँयाङकन गरिएको लामो प्रतिक्षारत पछि अन्तत विक्रम फागो वनेमको निर्देशनमा गायिका प्रकृति थलङ लिम्बूको आवाजमा सजिएको गीत ‘बाटोमा भेटेको माया’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार पुर्ण फियाक लिम्बूको शव्द भावमा रहेको गीत संगीतकार पुष्पराज बरालले संगीत गरेका हुन् । यस गीतको मेल भर्जनमा भने गायक कुसल थलङ लिम्बुको आवाज रहेको छ ।

बाटोमा भेटेको माया बाटोमै छुटिंदाको बियोगको पिडा प्रस्तुत गर्न खोजिएको भिडियोमा अहिलेको भाईरल गायिका माङगेन्ना लिम्बू सानी छंदा ससक्त अभिनय गरेकी छन् ।

कुसल थलङ, मिना मादेन लिम्बु, माङगेन्ना लिम्बु, गीता होमीहोछा लगायतको अभिनय रहेको भिडियोलाई भूपेन्द्र तुम्बाङफेले खिचेका हुन् ।

खगेन्द्र कुमार पन्धाकको सम्पादन रहेको भिडियो कुसल इन्टरटेन्टमेन्ट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर