इरानी आक्रमणमा ३४ अमेरीकी सेना घाइते - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इरानी आक्रमणमा ३४ अमेरीकी सेना घाइते


दमक/ इराकमा अवस्थित अमेरिकी सैनिक क्याक्पमा इरानी आक्रमणमा परी ३४ जना अमेरिकी सैनिक घाइते भएको पेन्टागनले बताएको छ ।

घाइतेहरुको टाउकामा चोट लागेको (ट्रामेटिक ब्रेन इन्जुरी, टिबिआई)को बारेमा जानकारी प्राप्त भएको पेन्टागनले जनाएको छ । एक प्रवक्तालाई उधृत गर्दै बिबिसीले १७ जवानलाई स्वास्थ्य निगरानीमा राखिएको जनाएको छ ।

 

अमेरिकी आक्रमणमा परी आफ्ना सैन्य कमाण्डर काशिम सुलेमानीको मृत्यु भएपछि त्यसको जबाफस्वरुप इरानले अमेरिकी सैन्य क्याम्पलाई लक्षित गरी आक्रमण गरेको थियो ।

उक्त इरानी आक्रमणमा परी आफ्नो पक्षलाई कुनै क्षति नभएको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई आक्रमणको जबाफ दिइने बताएका थिए । यद्यपी पछिल्लो हप्ता पेन्टागनले आक्रमणमा ११ जवानको उपचार भइरहेको जनाएको थियो ।

 

सो सम्बन्धमा गरिएको प्रश्नमा ट्रम्पले उनीहरुको टाउकोमा चोट लागेको सुनेका र उनीहरुलाई अन्य केही समस्या भएको सुनेको तर गम्भीर समस्या नभएको बताएका थिए । ट्रम्पले आफूले देखेअनुसार अमेरिकी सैनिकहरुलाई गम्भीर चोट नलागेको बताए ।

 

शुक्रबार अमेरिकी रक्षा विभागका प्रवक्ता जोनथन हाम्फमेनले पत्रकारहरुलाई आठ जना सैनिकलाई उपचारका लागि अमेरिका ल्याइएको र बाँकी सैनिकको जर्मनीमा उपचार भइरहेको जनाएका थिए ।
एजेन्सी

सम्बन्धित खवर