मिक्लाजुङ्मा किरात सिरीजंगा लिपीको अध्यापन सुरु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ्मा किरात सिरीजंगा लिपीको अध्यापन सुरु

सङसेमी माङयुङ
दमक/ सिरीजंगा निसामहिममा किरात सिरीजंगा लिपी पठनपाठनको सुरुवात भएको छ ।

मिक्लाजुङ गाउँपालिका ४, मोरङमा रहेको उक्त निसामहिममा सरस्वती पुजाको अवसर पारेर किरात धर्मका प्रमुख माङसेवासाबा(पुजारी) मनप्रसाद थलङको प्रमुख अतिथिमा लिपी लेख्न गरी पठनपाठन सुरु गरेको हो ।

आफ्नो भाषा, लिपि उथान र विकासको लागि किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपालिकाले पहल गर्नुको साथै पाँच  लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । लिम्बु विद्यार्थी मञ्चले समेत विशेष पहल र सहयोग गरेको कुरा लिम्बु विद्यार्थी मञ्चका महासचिव गुल्शन आङबुहाङले जानकारी गराए ।

यसरीनै नयन इम्सङ याक्थुङबाको पहलमा किरात याक्थुङ चुम्लुङ, इजरायलले समेत आर्थिक सहयोग गरेको छ । सिरीजंगा लिपीको विकास र उत्थानको लागि चुम्लुङको शाखा मिक्लाजुङ र इजरायलको संयुक्त सहयोगमा एक कोठे भवन समेत निर्माण गरेको छ ।

निसामहिम सञ्चालनको लागि स्थानीय धनबहादुर लिम्बुले एक रोपनी जग्गा दान गरेका छन् ।

सम्बन्धित खवर