मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६४ औं शुभ जन्मोत्सव तयारी पुरा(फोटोफिचर सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६४ औं शुभ जन्मोत्सव तयारी पुरा(फोटोफिचर सहित)

माङसेबुङ / मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको छ ।

किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा विगतका वर्ष झैं शनिबार भव्य आयोजना गर्न लागिएको शुभजन्मोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको मूल समारोहले जनाएको छ ।

अङसीमामाङको नुमाङगेन्ना सेवा समारोहमा प्रदेश नं १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा सम्पन्न हुने मूल समारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, नुमाङगेन्ना सेवा, अभिनन्दन, मिक्तोक अर्पण साथै पवित्रहाङमा कपको पुरस्कार वितरण कार्यक्रम हुने समारोहका महासचिव काकीराम लाओतीले बताए ।

यसरीनै साँझ बिबिध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यसका लागि समारोहको सांस्कृतिक विभाग उपसमिति तथा

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले नुमाङगेन्ना समारोहमा प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिहरु सबै तयारी गरिसकेको साक्थिम्गेन पान्जुम्भोका सचिव आइन्द्र थेगिमले बताए ।

नुमाङगेन्ना सेवा समारोहको क्रममा बिहीबार (फागुन १ गते) साक्मुरा वादेम्मा, शुक्रबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको मूल समारोहका महासचिव काकीराम लाओतीले बताए ।

त्यसैगरी अङसीमामाङको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप शुक्रबार सम्पन्न गरिएको खेलकुद विभाग किरात साम्यो हक्चात यक्चुकका अध्यक्ष मनकुमार आङबुहाङले माङसेबुङ न्युज डट कमलाई बताएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो ।

सम्बन्धित खवर