थोक्फेला र राजुको सुमधुर आवजमा ‘आसामै ना ना’ पालाम सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोक्फेला र राजुको सुमधुर आवजमा ‘आसामै ना ना’ पालाम सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / पछिल्लो समय एक पछि अर्को गीत लिएर आईरहेकी गायिका थोक्फेला लिङदेन र लोकप्रिय गायक राजु आङदेम्बेको आवाजमा सजिएको सुमधुर पालाम साम्लो ‘आसामै ना ना’ भिडियो सार्वजनिक गरिएको छ ।

इन्द्र माया निङलेकुको शव्द रचना रहेको पालामको लय भने राजु आङदेम्बेले भरेका हुन् । माङसेबुङ आसपासमा छाँयाङकन गरिएको भिडियोमा थोक्फेला र राजुलेनै अभिनय गरेका छन् ।

रो थेगिमको परिकल्पना तथा निर्देशनमा निर्माण भएको भिडियोलाई मनोज राईले छाँयाङकन तथा सम्पादन गरेका हुन् ।

श्याम लिम्बुको संगीत संयोजन रहेको गीत श्रद्धा रेकर्डिङ स्टुडियोमा श्याम लिम्बुलेनै रेकर्ड गरेका हुन् । थोक्फेला नेपाल(थोक्फेला गार्मेन्ट)को प्रडक्सन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=MmZHPvq-MNk

सम्बन्धित खवर