संघीय लिम्बुवान मञ्च पाँचथरले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लिम्बुवान मञ्च पाँचथरले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो

माङसेबुङ / संघीय लिम्बुवान मञ्च, पाँचथरले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । कुमार लिङदेन नेतृत्वको लिम्बुवान मञ्च, पाँचथरले सोमबार विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

मञ्चले रेशम चौधरीको बिना सर्त रिहा लगायतको माग राख्दै आमरण अनसनमा बसेका थरुहट–थारुवान मोर्चाका संयोजक लक्ष्मण थारुको माग र स्वास्थ्य स्थितिबारे गम्भिर बन्न आग्रह गर्दै ज्ञापन पत्र पठाएको छ ।

थारु संविधान संशोधन, टीकापुर राजबन्दीमाथि लगाइएको झुठा मुद्धा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्बजनिक लगायतका माग राख्दै फागुन १ गतेदेखि अनसन बसेका हुन् ।

थारुको आमरण अनसन प्रति ऐक्यबद्धता जनाउदै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती मार्फत् ज्ञापन पत्र पठाइएको संघीय लिम्बुवान मञ्च पाँचथरका अध्यक्ष सागर केरुङले बताए ।

कैलाली क्षेत्र नं.१ बाट निर्बाचित सांसद चौधरीमाथि गम्भिर अन्याय भएको मञ्चको ठहर छ । विज्ञप्तीमा मञ्चले प्रदेश–१ को नाम ‘लिम्बुवान–किरात’ नामकरण हुनुपर्ने पनि माग गरेको छ ।

दुई ऐतिहासिक भूगोलहरु लिम्बुवान र खम्बुवानलाई समेटेर प्रदेश–१ को प्रादेशिक संरचना बनाइएकाले ‘लिम्बुवान–किरात’ नामले मात्र यी दुबै ऐतिहासिक भूगोलहरुको मर्म सम्बोधन हुने लिम्बुवानको भनाई रहेको छ ।

सम्बन्धित खवर