सञ्चार मन्त्री बाँसकोटाद्धारा राजीनामा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सञ्चार मन्त्री बाँसकोटाद्धारा राजीनामा


दमक/ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूबारे प्रश्न उठेकाले पदबाट राजीनामा दिएको बताएका छन् ।

सेक्युरिटी प्रिन्टर खरिदमा स्विस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा आएको हो ।

बाँस्कोटाले कञ्चनपुरमा आयोजित एक कार्यक्रममा आफूले कुनै गल्ती नगरेको भन्दै नखाएको विष नलाग्ने तर्क गरेका थिए तर बाँसकोटाले राजीनामापत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर बुझाइसकेका छन् । यसअघि बाँस्कोटाले पदबाट राजीनामा दिएको प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी दिएका थिए ।

मिश्रले स्विस कम्पनीका नेपाली एजेन्टकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग करोडौं कमिशनको डिल गरेको अडियो सार्वजनिक गरेका थिए । आफू संलग्न स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो बुधबारदेखि भाइरल भइरहेको थियो । मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका थिए ।

बाँसकोटाले कमिशन मागेको अडियो सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसदका दुवै सदनको बिहीबार बस्ने बैठक अवरुद्ध गरिसकेको छ ।

सम्बन्धित खवर