कचनकवलमा सचेतनामुलक अभिमुखिकरण कार्यक्रम(फोटो फिचर सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवलमा सचेतनामुलक अभिमुखिकरण कार्यक्रम(फोटो फिचर सहित)

कचनकवल / झापाको कचनकवलमा बालबालिकाहरुका लागि सचेतनामुलक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीको प्रमुख आतिथ्यमा शुक्रबार कचनकवल गाउँपालिकाका बालबालिकाहरुलाई ट्राफिक नियम सम्वन्धी जानकारी दिने र नियम सिकाउने उदेश्यले अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कचनकवल गाउँपालिका शिक्षा शाखा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा कचनकवल गाउँपालिका वडा नं. २ सुकुनाडिगिमा अवस्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा प्रहरी सहायक निरिक्षक जनक तिम्सीना र प्रहरी सहायक निरिक्षक राजेश कुमार श्रेष्ठले सहभागीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा लक्ष्मी मा.वि.(बनियानी), लक्ष्मी प्रसाद देवकोटा मा.वि.(सुकुनाडिगी), महेन्द्र रत्न मा.वि.(केचना), स्वर्णीम शिक्षा सदन(सुकुनाडिगी), कचनकवल इङलिस बोर्डिङ(बनियानी), विद्या निकेत(बनियानी) साथै स्कूलहरुका सगरमाथा टिन्स क्लव, वाल क्लव, वडा वाल क्लव र शिक्षकहरु गरि जम्मा एक सय ५० जना सहभागी भएका थिए ।

अभिमुखीकरण कार्यक्रम कचनकवल गाउँपालिका शिक्षा शाखा प्रमुख छविलाल बस्नेतको कार्यक्रम सञ्चालन र कचनकवल गाउँपालिका २ का वडा अध्यक्ष मेख बहादुर भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर