इलाममा जारी माईभ्याली गोल्डकपमा आयोजकको बिजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा जारी माईभ्याली गोल्डकपमा आयोजकको बिजयी सुरुवात


इलाम / इलामको टुडीखेलमा जारी छैटौं अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिता २०७६ मा आयोजक माईभ्याली फुटवल क्लबले बिजयी सुरुवात गरेको छ । जीत संगै आयोजक क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

शुक्रबार भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २ गोलले पराजित गर्दै आयोजकले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

जितका लागि आयोजक माइभ्यालीका बिदेशी खेलाडी जोर्डन ज्वइनर इन्डाब्ले खेल सुरु भएको चौथो मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

निकैनै आक्रामक खेलमा दोस्रो हाफ पछिको इन्ज्युरी समयमा थप गोल गर्दै जोर्डनले टीमलाई बिजयी गराएका थिए ।

जितसँगै आयोजक माइभ्यालीले भारतको कोलकत्ता फूटवल क्लबसँग क्वाटर फाइनल खेल्ने पक्का भएको छ ।

खेलको म्यान अफ दि म्याच आयोजक माइभ्यालीका शिशिर लेखी घोषित हुँदै नगद १० हजार प्राप्त गरेका थिए ।

बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको आयोजकले घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको थियो । शनिबार झापा ११ र एमएफसी दार्जिलिङ बिच पहिलो क्वाटर फाइनलको खेल हुने भएको छ ।

विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गते हुने छ ।

सम्बन्धित खवर