कविता तङ्सीङ २ मा गर्जीए लिम्बुवानी बाघहरु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कविता तङ्सीङ २ मा गर्जीए लिम्बुवानी बाघहरु

दमक / याक्थुङ लेखक संघ झापाले आयोजना गरेको कविता तङ्सीङ २, मा लिम्बुवानी बाघहरु गर्जीएका छन् ।

झापाको दमक स्थित उद्योग बाणिज्य संघको हलमा प्रा. डा. गोबिन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कविता तङ्सीङमा लिम्बुवानी कवीहरुले कविता मार्फत आफ्नो गर्जन सुनाएका हुन ।

उनीहरुले लिम्बुवान माग कुरा कविता मार्फत राज्यलाई सुनाएका थिए । आक्रोश र बिद्रोह पोखेका थिए । फक्ताङलुङ, तमोर, काबेली सुम्हालुङ र बिजयपुरका सुस्केराहरु ओकलेका थिए । मौनतालाई कविता हुदै सिंहदरबारको आसनसम्मको बाटो खोजीरहेको प्रष्ट हुन्थ्यो ।

प्रमुख अतिथि तुम्बाहाङको हस्त बाहुलीबाट दियो बालेर र ‘के’ (च्याबुङ) बजाएर समुदघाटन गरीएको कार्यक्रममा कविता तङ्सीङ २ मा बाचन गरीएको कविताहरुलाई दस्तावेजीकरण गरीएको पुस्तक बिमोचन गरिएको थियो ।

कार्यक्रममा इलामकी कवि कल्पना लिङदेनले ‘आङ्गा याक्थुङ आबान्दाङ्ङीन’ शिर्षकको लिम्बु मातृभाषामा रहेको कविता बाचन गर्दै कविताको सुरुवात भएको थियो । उनले कवितामा राज्यले आफ्नो भाषालाई गरेको ब्यबहार माथी प्रश्न गर्दै आक्रोश पोखेकी थिइन् ।

त्यसपश्चात अहिलेका पुस्ताका उदाउँदो कवि प्रदिप योङहाङ देखी लिएर रङ्गवादी कवी धमेन्द्र बिक्रम नेम्बाङ हुदै कुमार लिङदेन सम्मले कविता बाचन गरेका थिए ।

खस नेपाली र लिम्बु मातृभाषामा आधारीत ३४ जना कवीहरुले आफ्ना कविताका स्वाद पस्केका थिए । जसमा लिम्बू भाषाको कविता वाचन गर्नेहरुमा सेसेहाङ फियाक (झापा), पुष्पहाङ लोवा (पाँचथर), सेसेमी से नाल्वो (झापा), दिलहाङ सेर्मा (इलाम), रचना लावती (झापा), कल्पना लिङ्देन (इलाम), सागर केरुङ (पाँचथर), राजकुमार तेयुङ तरेबा (तेह्रथुम), रानिटारे साइला (झापा), सीता पिरती (ताप्लेजुङ), निशा लोवा (पाँचथर), मुक्साम लाबुङ (ताप्लेजुङ) र आन्छुमे नसान माङसेबुङ गाउँपालिका इलाम रहेका छन् ।

नेपाली भाषाको कविताको वाचन गर्नेहरुमा धर्मेन्द्र विक्रम नेम्वाङ पाँचथर, कुमार लिङ्देन मोरङ, अभागी थेगुवा झापा, सेलिङ केसि झापा, केजि सुब्बा धनकुटा, टंक सेलिङ काठमाडौ, सन्त थलङ काठमाडौ, राजकुमार सुब्बा अनिश्चित झापा, कैलाश शिखर झापा, गगन योक्पाङ्देन मोरङ, प्रदिप योङ्हाङ सुनसरी, उदय पन्धाक काठमाडौ, मन्जु थेगिम झापा, शन्देश सुब्बा पाँचथर, सुनिल आङ्बो काठमाडौ, कविन तुम्बापो धनकुटा, युविर चेम्जोङ पाँचथर, चुक्सा याप्मी इलाम, इक्साहाङ चेम्जोङ झापा, सन्तोष थेबे सुनसरी र पार्वता पोमो जिज्ञासु ताप्लेजुङ रहेका छन् ।

याक्थुङ लेखक संघ झापाका अध्यक्ष मौलश्री लावतीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य साङसे वारकले गरेका थिए । अभिषेक नेम्बाङले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर