एकदेव लिम्बुको ‘शीरफुल २’ सार्वजनिक, युट्यूवको ट्रेन्डीङ दूईमा(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदेव लिम्बुको ‘शीरफुल २’ सार्वजनिक, युट्यूवको ट्रेन्डीङ दूईमा(भिडियो सहित)

माङसेबुङ / ‘शीरफुल’को अपार सफलता पछि युवा पुस्तामाझ फरक शैलिका गीतहरु पस्केर चर्चाको शिखरमा रहेका गायक एकदेव लिम्बुको आवाजमा सजिएको गीत ‘शीरफुल २’ भिडियो सार्वजनिक गरिएको छ ।

गायक एकदेव र बियोण्डको शव्द रचना रहेको टिपिकल लिम्बु र नेपाली भाषामा फ्यूजन गरि गीतको भिडियो सार्वजनिक गरिएको दूई दिनमानै छ लाख भन्दा बढी दर्शकहरुले युुट्यूवमा हेरेपछि युट्यूवको ट्रेन्डीङ दूईमा पर्न सफल भएको छ ।

बियोण्डले गीतलाई आधुनिक पप मेलोडी तथा टिपिकल लिम्बु लयमा फ्यूजन गरी संगीत भरेका छन् । मौलिक प्रेमलाई समेत झल्काईएको लिम्बुनी भनेर प्रेम गर्नू खोज्दा मगरनी पर्दाको फसाद पिडालाई भिडियोमा निर्देशक घोङबाले आकर्षक शैलिमा प्रस्तुत गरेका छन् ।

एकदेव, बियोण्ड, प्रिया लिम्बु र एलिसा पुन मगरको दमदार अभिनय रहेको भिडियोलाई बिकास मगरले खिचेका हुन् ।

फमाहिम बुटीकको पहिरन रहेको भिडियो नेस स्टुडियो युट्यूवमार्फत सार्वजनिक गरिएको हो । बिट्स, मिक्सिङ र मास्टरीङ ब्रिजेस श्रेष्ठको रहेको गीतमा गिटार बिटुको रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर