गायक तथा निर्माता आसराज बोखिमको ममतामयी आमा सरिमायाको निधन - Mangsebung News
  • शनिबार, साउन ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक तथा निर्माता आसराज बोखिमको ममतामयी आमा सरिमायाको निधन

माङसेबुङ / ‘मिम्जिफुङ’ पालाम गीतका गायक तथा निर्माता आसराज बोखिमको ममतामयी आमा सरिमाया कङलिवा बोखिमको निधन भएको छ ।

गायक तथा निर्माता आशराज बोखिमको ‘सिङ्जाङगो’, ‘फुङ्नाम’ गीति संग्रहमा संग्रहित ‘हाङ्वामुई’, ‘आदुमेरो आदाङ्बासे’ र ‘मिम्जिफुङ’ पालाम गीतमा अभिनय समेत गरेका कलाकार सरिमाया कङलिवा बोखिमको बुधबार ८४ बर्षको उमेरमा निधन भएको हो ।

सिरिजंगा गाउँपालिका ३, सिकैचा कन्जारी ताप्लेजुङ निवासी भुपू बृटिस आर्मी हवल्दार कबिराज बोखिम संग बैबाहिक बन्धनमा बाँधिनु भएको थियो ।

मृतक सरिमाया कङलिवा बोखिमको यहि मंगलबार सिरिजंगा गाउँपालिका ३, सिकैचा कन्जारी ताप्लेजुङ स्थित घर नजिकै अन्त्यष्टि कार्य गरिने पारिवारकि स्रोतले जनाएको छ ।

कुल कुटुम्ब, मामा मावली, छर छिमेक र स्टामित्रमा अन्त्यष्टि कार्यमा मालामीमा समेत सरिक भईदिन अपिल गरिएको छ ।

सम्बन्धित खवर