माङसेबुङमा लकडाउनको तेस्रो दिन, नालिफुङ्वा पान्जुभो द्वारा माइकिङ - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा लकडाउनको तेस्रो दिन, नालिफुङ्वा पान्जुभो द्वारा माइकिङ

माङसेबुङ र कोरोना भाइरस (कोभिड –१९) संक्रमण रोक्न माङसेबुङमा सरकारले लागु गरेको लकडाउनको तेस्रो दिन अतिआवश्यक काम बाहेक घर बाट बाहिर ननिस्कन आव्हान गर्दै किरात साम्यो मुजोत्लुङ नालीफुङवा पान्जुम्भोले माइकिङ गर्न थालेको छ ।

किरात धर्म सम्बन्ध युवाहरुको संगठन किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुभोको बुधबार बसेको आकस्मिक बैठकले निर्णय गर्दै बिहीबारदेखि नालीफुङवा पान्जुम्भोले माइकिङ गर्न थालेकोे हो ।

माइकिङका क्रममा जमघट गरी बसेका आमसर्वसाधरणलाई सम्झाउँदै घर पठाउने तथा मास्कको प्रयोग गर्न, सावुन पानीले हात धुन सल्लाह सुजाव सहित कोरोना भाइरसको संक्रमणबाट वच्ने उपायहरुको बारेमा आमसर्वसाधरणलाई सचेत गराएको किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुभोका अध्यक्ष दिपक तिगेला लिम्बुले बताए ।

उनले पहिलो चरण माइकिङ गरी कोरोना भाइरसको संक्रमणबाट वच्नका लागि बाहिरका मानिसहरुसँग भेटघाट नगरी सुरक्षित हिसावले आफ्नै घरमा बस्नुनै सवैभन्दा उत्तम उपाय भएकोले घरबाट बाहिर ननिस्कन सुरक्षित तवरले घरभित्रै बसेर कोरोनाबाट जोगिन आमसर्वसाधरणलाई आव्हान गराएको बताए ।

माइकिङका क्रममा माङसेबुङ ५, र ३, वडामा रहेको माङसेबुङ परिसरको १६ वटै टोलमा अनुगमन गरिएको र थप अनुगमन तथा निगरानी गरिने नालिफुङ्वा पान्जुम्भोका अध्यक्ष लिम्बुले बताए ।

माङसेबुङ लारुम्बा परिसर भित्री वस्तीहरुमा जमघट भएर वस्ने, लुडो, तास भलिबल, फुटबल, व्याटमिन्टन खेल्ने तथा अति आवश्यक काम नपरी साझ ७ बजे देखि उता घर बाहिर निस्किएर घुमफिर गर्न बन्देज गराईएको र अनुगमनको क्रममा भेटिए उनीहरुका लागि थप सम्झाइ बुझाइ गर्ने किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुभोका कोषाध्यक्ष शंकर केरुङले बताए ।

उनले कोरोना भाइरस नियन्त्रणको लागि विश्व शान्तीको लागि कामना गर्दै यहि चैत १९, २० र २१ गते सम्पन्न हुने आप्लुङगेन ताङ्सेप चोमेन सेवामा स्वयंसेवकको भुमिका निर्वाह गर्ने बताए ।

यसैगरि बैठकमा गुरु निजी आश्रममा आवातजावत बन्द गरिनुको साथै सुरक्षा प्रदान गर्ने निर्णय भएको बताए ।

बजारमा कालोबजारी सिर्जना गर्न नदिन पान्जुभोको तर्फबाट बजारमा अतिआवश्यकिय वस्तुको किनबेचमा समेत भीडभाड हुन नदिन अनुगमन गरिने नालिफुङ्वा पान्जुम्भोका कोषाध्यक्ष केरुङले बताए ।

सम्बन्धित खवर