नेपालमा छैटौं कोरोना संक्रमित व्यक्ति फेला परेको पुस्टि - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा छैटौं कोरोना संक्रमित व्यक्ति फेला परेको पुस्टि


काठमाडौं / नेपालमा छैटौं कोरोना संक्रमित व्यक्ति फेला परेको पुस्टि भएको छ । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको पुस्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका हुन् ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् ।

यो संगै उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भएको जानकारी गराएका थिए ।

सम्बन्धित खवर