प्रविधिमा आधारित अनलाइल शिक्षा प्रदेश १ मा सुरु - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रविधिमा आधारित अनलाइल शिक्षा प्रदेश १ मा सुरु


विराटनगर / प्रदेश १ मा प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम अर्थात् ‘भर्चुअल कक्षा’ सुरु गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम सुरु गरेको हो ।

विद्यालय शिक्षा गुणस्तर सुधार अभियान अन्तर्गत चैत १७ देखि सुरु गरिएको कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका १ सय विद्यालयका शिक्षक सहभागी भएका छन् ।

प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा सुरु भएको ‘भर्चुअल कक्षा’ हरेक दिन २ घण्टा सञ्चालन भैरहेको छ ।

भर्चुअल कक्षामा प्रविधिमा आधारित फोकल शिक्षकलाई केन्द्रित गरिएको छ । मन्त्रालयले अहिले अनलाइन शिक्षाको प्रणाली विकास गरेर काम गरिरहेको छ ।

मन्त्रालयले ई–लर्निङ तालिमको योजना बनाइरहेको समयमा देशव्यापी लकडाउन भएपछि ‘भर्चुअल कक्षा’ शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

सम्बन्धित खवर