देउमाई नगरपालिकाद्धारा २६८ परिवारलाई राहत वितरण - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउमाई नगरपालिकाद्धारा २६८ परिवारलाई राहत वितरण


इलाम / कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित २ सय ६८ असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा असहायहरूलाइ इलामको देउमाई नगरपालिकाले राहत वितरण गरेको छ ।

नगरापलिकाले वडा नम्बर १ मा ३३ परिवार, वडा नम्बर २ मा २५ परिवार, वडा नम्बर ३ मा ३७ परिवार, वडा नम्बर ४ मा ३६ परिवार, वडा नम्बर ५ मा २७ परिवार, वडा नम्बर ६ मा १६ परिवार, वडा नम्बर ७ मा ३४ परिवार, वडा नम्बर ८ मा २८ परिवार र वडा ९ मा ३२ परिवारलाई राहत वितरण गरेको हो ।

राहत अन्तरगत चालम, दाल, नुन, खाने तेल, नुहाउने साबुन, लुगा धुने साबुनलगायत दैनिक जीवनमा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराएको हो ।

नगरपालिकाले तयार पारेको कार्यविधि अनुरूप वडा कार्यसमिति मार्फत नामावली संकलन गरी राहत वितरण गरेको देउमाई नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि सरकारेले गत चैत ११ गते देखि देशभर लकडाउन घोषणा गरेको छ । पहिलो चरण चैत्र ११ गते देखि १९ गते सम्म, दोस्रो चरण चैत्र २५ गते सम्म र अहिले तेस्रो चरण बैशाख ३ गतेसम्म लकडाउनको समय थप गरिएको छ । लकडाउनलाई स्थानीय तहले कडाइका साथ कार्यान्वयन गरिरहेका छन् । र यसको प्रभावले दैनिक गुजारामा समस्या पर्न थालिसकेको छ ।

सम्बन्धित खवर