आज पहाडी क्षेत्रमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज पहाडी क्षेत्रमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना


दमक / आज राती देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक, दुई स्थानमा मेघगर्जन, चट्याङ रहावाहुरी सहित क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आँशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको हो ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

अहिले देशभर स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव कायम रहेको छ ।

देशको पुर्व र मध्य भागका केही स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खवर