पेप्सीकोला सनसिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना शंका, अस्पताल भर्ना - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पेप्सीकोला सनसिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना शंका, अस्पताल भर्ना

काठमाडौं / काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक परिवारका आमा, छोरा र बुहारीर्मा यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने उनीहरुलाई कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएकोे छ ।

पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरूको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।

पेप्सिकोलास्थित अपार्टमेन्टको ए ब्लकमा रहेका उनीहरू २८ दिनअघि बेलायतबाट आएको बताइएको छ ।

साथै, एकै परिवारका तीन जनालाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा सिलबन्दी गरेको जनाइएको छ । उक्त क्षेत्रमा बस्ने सबैलाई घरभित्रै रहन आग्रह गरेको बताइएको छ ।

सम्बन्धित खवर