कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाग्यो, अमेरीकामा मात्रै २६ हजार बढी - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाग्यो, अमेरीकामा मात्रै २६ हजार बढी


  दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार भन्दा बढी भएको छ ।

अहिलेसम्ममा मृत्युहनेहरुको संख्या १ लाख २६ हजार ६ सय ८८ पुगेको छ । यी मध्ये अमेरीकामा मात्रै २६ हजार ४७ जनाले ज्यान गएको छ । यो अरु देशको तुलनामा सबैभन्दा बढी हो ।

पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ । वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गएको छ ।

अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या १९ लाख ९८ हजार ५ सय ५३ जना पुगेको छ । भने ४ लाख ७८ हजार ९ सय २५ जना निको भइसकेका छन् ।

चीनमा ७७ हजार ८ सय १६, जर्मनीमा ६८ हजार २ सय तथा स्पेनमा ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका हुन् ।

इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा १८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतः एजेन्सी

सम्बन्धित खवर